Header Ads

When Commerce Guy falls in love with a science Gal

"When a Commerce Guy falls in love with a Science Gal" this story struck in my mind when there are debates on the subject they are studying. Commerce(Management) and Science are two totally contradicting faculties which have their own importance and same are the criteria to meet for studying it. In this scenario, what if the contradicting subject students fall for each other, How would the story unfold, trying to catch up this aspect this story was written. Hope you like it.



 मध्य पुषको महिना थियो, जाडो चरम उचाइमा पुगेको थियो। यसैमा बिरामी कुर्न हस्पिटलमा बस्नुको पीडा सायदै वर्णन गर्न सकिन्थ्यो। मेरो साथी किरणको पत्थरीको अपरेशन थियो। अपरेशन अवधिभर विभिन्न औषधि साथै केही अति आवश्यक सामाग्रीहरु चाहिन सक्ने भएकोले मेरो रात अपरेशन वार्डको कुर्सीमा नै वितेछ। जाडोमा उज्यालो ढिलो हुने त्यसमाथि मुटु छुने जाडो, जाडो छल्न तातो चियाको लागि क्यान्टिनतिर जाने निर्णय गरेँ। रातको अन्धकारलाई छिचोल्दै विस्तारै उज्यालो हुने तरखरमा थियो। 

त्यो पुषको जाडो - लगाएको ज्यकेट र भित्री स्वेटरले नि जाडो धान्न सकिरहेको थिएन। यो समयमा घरको न्यानो सिरक र बेफिक्री निन्द्रा; लामो समयसम्म साथ रही टाढा भएकी प्रेमीका झैँ एकदम मिस भइरहेको थियो। मुटु छुने चिसो अनि सताइरहेको निन्द्रा छल्न क्यान्टिनको तातो चियाले केही राहत अवश्य दिने थियो। बिहानीको समय अनि उज्यालो हुने क्रममानै रहेकोले होला क्यान्टिनमा खासै भीड थएन। जति मान्छेहरू थिए, उनीहरु नि चिया वा बिरामीलाई खाना लिनमा नै व्यस्त थिए। चारैतिर डुलिरहेका मेरो नयनहरू परिचित झैँ लाग्ने एक अनुहारमा गएर रोकियो। मैले जे देखेँ मलाई आफ्नो आँखाहरूमा विश्वास लागिरहेको थिएन। धेरै समयपछि त्यो अनुहार देखेको थिएँ। सेतो कोट, गलामा स्टेथेस्कप, पहेंलो कुर्ता अनि निलो जिन्स अनि कपाल पछाडि बाँदिएको थियो। चियाको कप हातमा समातिरहेकी उनी मोबाइलमा व्यस्त देखिइन्थिन्। आफ्नो लागि चिया लिएर म उनी बसिरहेको टेबलतर्फ लागेँ।

nepali+short+stories+nischal+prem+commerce+science+love
उनी बसिरहेको टेबलको अगाडिको कुर्सी तानेर त्यसमा बसेँ। कोही आएर आफ्नो अगाडि बसेको भान भएर होला, उनीले मोबाइलबाट धयान हटाएर मलाई हेरिन्।"Hey! Hi, तिमी सलोनी होइन? प्रसादी एकेडेमी साइ्नस फ्याकल्टी सेक्सन ए?? मेरो यो प्रश्नले एकछिन त उनी अकमक्किन र एक टकले मलाई हेरिरहिन्। उनको हेराइमा कति पनि आत्मियता थिएन। कता कता लाग्थ्यो त्यो हेराइले धेरै प्रश्नहरू खोजिरहेको थिए जसले मलाई असहज बनाइरहेको थियो। केही बेरपछि उनको जवाफ आयो, "हो, म सलोनी हो। तर तिमीले कसरी चिन्यौ ?" उनको प्रतिप्रश्नमा मैले थपेँ, "सलोनी शर्मा, सेक्सन ए, रोल नं १२ सेकेन्ड बेन्चमा बस्थ्यौ है तिमी? कलेज टपर - प्रसादीको सान। सायदै कमैले चिन्थेनन् होला नि तिमीलाई। सिम्पल लुक्स, साधरण व्यक्तित्व, सरल अनि सालिन मिजास अनि पढाइको खानी । तिमीहरूको क्लास अगाडि जारमा पानी राखिएको हुन्थ्यो नि पिउनलाई, पानी पिउने बाहानाम म कति हेर्न आउँथे तिमीलाई। सायद त्यो कलेजमा सबै भन्दा धेरै पानी पिउनेमा म नै पर्छु होला। तिमीलाई त सायद याद नि न होला। आज यसरी भेटिन्होछौ होला भनेर कल्पना नि गरेको थिएन।" एक्लै बोलिरहेको मलाई उनी नियाली रहेकी थिइन्। "एम्. बि. बि. एस सक्यौ त?? वा ! साथी भाइहरूलाई मेरो crush ले एम्.बि.बि.एस गरिसकेछ भनेर गर्वको साथ भन्न सक्नेछु।" हल्का हँसो तथा ठट्यौली शैलीमा भनेँ। Crush!साँच्चै?? मैले के भन्न पुगेँ। जो केटीसँग कलेज अवधिभर एकचोटी बोलिएन। आफूले बोलेको वाक्यांशले आफैलाई ग्लानि महसुस भयो। यो सबै सुनेको उनी अप्ठ्यारो मानेको झैँ महसुस गरेँ। वर्षौँ पछि भेटिएको साथीसँग उत्साहित भएर मनका भावहरू पोखे जस्तै किन हो उनीलाई सबै कुराहरु भनिरहेको थिएँ।

मेरो कुराहरु सुन्दै चियाको चुस्की लिइरहेकी उनी चियाको कप टेबुलमा राखिन् र मलाई हेर्दै बोल्न लागिन्, "प्रयास पोख्रेल, म्यानेजमेन्ट फ्याकल्टी, सेक्सन सी, रोल नं 30, लास्ट बेन्चमा बस्थ्यौ। By the way, तिमी हाम्रो क्लास अघि पानी पिउन मात्र आँदैनथ्यौ है। कहिलेकाहीँ टिचरहरूले क्लासबाट पनि निकालिदिनु हुन्थ्यो हैन त? सबै सरहरू, डि.आइ अनि कलेजको प्रिन्सिपल समेत तिम्रो पछि पर्नु हुन्थ्यो। तिमीलाई पनि कलेजमा नचिन्ने त कोही थिएनन् होला। तिमीहरु ब्रेकमा बास्केटबल खेल्थ्यौ। म सधैं हेरिरहेको हुन्थेँ। तिमी फूटबल अनि टि.टि नि राम्रो खेल्थ्यौ। स्पोर्टसमा लगाव थियो जे होस् तिम्रो। हरेक दिन नयाँ- नयाँ किस्सा सुन्न पाइन्थ्यो तिमी अनि तिम्रो साथीहरूको। तिमीला६ न आज यति समय पश्चात यसरी भेट्छु होला भन्ने कहिले सोचेकी थिइन। यति भनि उनी मुस्काइरहेकी थिइन् जुन मलाई जिस्क्याउने भावको थियो।

उनको यी भनाइले जिलिने पालो मेरो थियो। जति कुरा सुनिरहेको थिएँ, आफैलाई विश्वास लागिरहेको थिएन।"मेरो बारेमा त्यति धेरै जानकारी राख्ने मान्छेले एकचोटी नि बोलेनौ है??" निराश भावमा उनीलाई प्रश्न राखेँ। "तिमीसँग बोल्न मन नभएको होइन, कति चोटी कोसिस नि गरेको हो तर साथीहरूले नबोल्न सुझाव दिए। म तिम्रो दुनियाँमा आफूलाई समेटन सक्छु जस्तो लाग्दैन थियो। तिमी सधैं आफ्नो दुनियामा व्यस्त हुन्थ्यौ। अन्ततः मनका सारा भावनाहरुलाई कुन्ठित पारी आहुति दिन बाध्य भएँ। त्यसपछि +2 नि सकियो। एम. बि. बि. एस को एन्ट्रान्स एक्जामको तयारीमा लागेँ र नाम पनि निस्कियो। त्यस पश्चात पुनः ध्यान पढाइमा केन्द्रीत गरेँ र त्यही अनुसारको साथीहरू को सर्कल नि बन्यो। जीवनमा एम.बि.बि.एस पास गरी एक कुशल कार्डियोलजिष्ट बन्ने सपना साकार गर्नुथ्यो। अहिले चाहिँ यो हस्पिटलमा एमरजेन्सी वार्डको  अन ड्युटि डक्टर छु। हेरम समयले मेरो सपनालाई कस्तो रूप दिन्छ। तिम्रो बारेमा सपनाबाट जानकारीहरु पाइरहन्थे। त्यो पनि पढाइको सिलसिलामा अमेरिका गएपछि तिम्रो बारे खासै जानकारी राख्न सकिन।" यति भनिरहँदा उनको मुहारमा नैरश्यता छाएको प्रष्टै देखिन्थ्यो। त्यो निराश मुहारमा नयाँ चमक ल्याउँदै उत्साहित हुँदै सोधिन्, "अनि तिम्रो सुनाउ। के गर्दै होइसिन्छ महासय??"

उनको त्यो बनाओटी उत्साहा अनि प्रश्न गराइले म नहाँसी रहन सकिन। मेरो हाँसोले कतै उनीलाई उसको मजाक उडाएको त महसुस भएन? यो कुरालाई मध्य नजर गरी उनी तर्फ हेरें जसको अनुहारमा छाएको त्यो उत्साहामा फिक्का हाँसो मिश्रित प्रतिक्रिया देखिन्थ्यो। मेरो त्यो क्रियाकलापको लागि पछुतो लाग्यो। "मेरो त लाइफ विन्दास चलिरहेको छ।" उनको मुहारमा हल्का चमक ल्याउन थोरै जोस अनि उत्साहित हुँदै भने। मेरो त्यो व्यवहार अनि उत्तरले उनी विश्वस्त भएको महसुस गरेँ। यधपी कयौँ प्रश्नहरू उनको अनुहारमा छच्चलकिरहेका थिए जुन उनीले सोध्न सकिरहेकी थिइनन् या चाहिरहेकी थिइनन् मैले ठम्याउन सकिरहेको थिइन। उनको त्यो अब्यक्तित भावलाई बुझेर म आफैले उत्तर दिएँ। "+2 बल्ल बल्ल मुश्किलले कटाएँ त्यो नि दोस्रो मौका परीक्षामा। ब्याचलर्स जोइन गर्न मन थिएन यध्यपी घरबाट प्रेसर थियो जोइन गर्नलाई, कलेज जोइन त भएँ तर मेरो खासै प्रगति-उन्नति भइरहेको थिएन। यो कुराले ममी- पापा नि चिन्नतित हुनुहुथ्यो। तसर्थ घरमा केहि सयोग हुन्छ भनेर बुबाको बिजिनेसमा सहयोग गर्न थालें। बीच-बीचमा बाहिर जाने भूत नि सवार नभएको होइन। त्यो मोटी सपनाले सँगै टोफेल गर्न नि भन्दै थिइ, एकेडेमिक्समा पछि परेको म यसमा नि पछि परें मेरो मार्कस अनि टोफेल स्कोरलाई कुनै युनिभर्सिटीले पत्याएनन्। बुबाको बिजिनेसमा हेल्प गर्दै ब्याचलर्स नि सकियो। यो अवधिभर MBA को महत्व बुझेँ। एकेडेमिक बेस अलि कमजोर भएकोले धेरै कठिनाइ आए अनि पहिले नै राम्रोसँग नपढेकोमा पछुताएँ।" यी कुरा भनिरहँदा उनको आोठमा मन्द मुस्कान छाएको थियो। "बाबाको बिजिनेस त छँदैछ, साथै आफ्नै केही नयाँ स्टारटअप गर्ने चाहाना छ। हेरम मेरा चाहानाहरुले नि कुन मोड लिन्छ।" निरन्तर बोलिरहेको म एकछिन विश्राम लिएँ। "साँच्ची, त्यो मोटी सपना तिमीसँग कन्ट्याक्ट म छ कि छैन? त्यो नेपाल रहुन्जेल तिम्रो बारेमा थाहा हुन्थयो। अन्तिम पटक तिम्रो बारे सोध्दा, तिमीले एम.बि.बि.एस जोइन गरेको थाहा पाएको थिएँ। यो बीचमा तिमीसँग बोल्न मन नभएको होइन, तर साथीहरूले भन्थे म तिम्रो स्तरमा आफूलाई उभ्याउन सक्दिन भनेर जुन यथार्थ थियो। हामी वास्तवमा नै भिन्न थियौँ । तसर्थ मेरा भावनाहरू नि समयसँगै क्रमिक रूपमा मनभित्रै दबिए।

मेरो उत्तरले उनको ओठमा मुस्कान ल्याएको थियो जुन अझै रहस्यमय थियो। मन्द मुस्कान पश्चात उनीले प्रशन राखिन्,"तिमीहरू कलेजको पर्खाल चडेर भाग्थ्यौ नि, आखिर जान्थयौ चाहिँ कहाँ? एकचोटी हेमन्त सर तिमीहरुलाई खोज्दै ट्वाइलेट तिर जानुभएको थियो रे, अनि तिमीहरुले उाहाँलाई ट्वाइलेटमै चुकुल लगाएर भागेको रे। यो किस्सा चाहिँ कलेजमा एकदम प्रख्यात भएको थियो। तिमीहरूलाई चाहिँ मान्नुपर्छ के!।"  यति भनेर उनी एकपटक जोडले हाँसिन्। नहासुन पनि कसरी कलेजमा त्यतिबेला यो काणड बारे अनविज्ञ सायदै कोही थिए होला। यसकै कारण ममी- बाबाको धेरै गाली खाइएको थियो। कति समझनाले भरिएको थियो नि कलेज लाइफ? त्यो मधुर सम्झनाले म पनि नमुस्काइरहन सकिन। " म चाहिँ होइन है, त्यो सरलाई ट्वाइलेटमा थुन्ने। म त पर्खाल पारी पुगिसकेको थिएँ र केटाहरुलाई कुरिरहेको थिएँ।" आफ्नोअसँलग्नता दर्साउन भरपुर कोसिस गरिरहेको थिएँ। उनी अझै मन्द-मन्द मुस्कुराइ रहेकी थिइन। जसले यो सावित गरिरहेका थियो कि मेरो जवाफले उनी कतिपनि कन्भिन्सड थिइनन्। विषयलाई मोड्न मैले थपेँ, " अकाउन्ट एकदम बोरिङ्ग हुन्थयो सरले पढाएका कुराहरु कहिले दिमागमा घुस्थेन। अनि त्यो सरलाई पुरा पौने घणटा कसरी झेल्ने? जीवनको ब्यालेन्स सिट जसो तसो ब्यालेन्स गर्न सकिन्थ्यो होला, तर त्यो किताबको ब्यालेनस सिट कहिले ब्यालेन्सड भएन। लगत्तै इकोनोमिक्सको क्लास, जहाँ यति धेरै थेउरी डिराइभड थिए कि सम्झेर सकिने अवस्था थिएन। अनि एकमात्र विकल्प हुन्थ्यो क्लास बङ्क गर्ने। क्लास बङ्क गर्न अनेकौं बाहाना, आइडिया आउँथे। कलेज भन्दा अलिपर रामु दाईको बेकरी क्याफे थियो जाहाँ  सायद काठमाडौं भरीमै मीठो चिया पाउँथ्यो। रामु दाईको चियाले पढाइ अनि कलेज बिर्साइदिन्थ्यो । केटाहरुसँग को गफ-सफ अनि रमाइलोमा समय गएको पत्तो हुन्थेन अनि आउँथ्यो घर जाने समय। घर कहिले ढिला पुगिएन कलेज अवधिभरी।"

मेरो जवाफलाई ध्यान पूर्वक सुनिरहेको उनी आफ्नो घडीतर्फ हेर्न लागिन्। "मेरो बिरामीहरूको राउन्ड लिने बेला भएछ। अहिले म जान्छु ।" यति भनेर उनी जान लागिन्। पहिले जस्तै यो भेटघाट कुनै निष्कर्ष बिनै टुङ्गिदै थियो। वर्षौँ पछि, मनमा दबिएका ति भावनाहरू पुनः जागृत भएको थियो र उनी यत्तिकै जाँदै थिइन्। अन्ततः हिम्मत गरेर सोधें " भविष्यको दिलको डक्टर - यो मुटुमा खै कताकता पीडा भए जस्तो महसुस भइरहेको छ। थाहा छैन किन यस्तो महसुस गरिरहेको छु। तिमीसँग एपोइन्टमेन्ट लिएर यो दिलको हाल विस्तृत रूपमा सुनाउनु मन थियो।" अलि पर पुगेकी उनी, म भएतिर फर्किइन र त्यही ट्रेडमार्क मन्द मुस्कानका साथ भन्न लागिन् " ओहो! तिम्रो दिलको हाल त बेहाल भए रहेछ, यो त एकदम क्रिटिकल केस जस्तो देख्छु । शनिवार तिम्रो रामु दाइको बेकरीमा मीठो चिया सँगै डाइगनोसिस गरौँला नि हुन्न??" त्यही मन्द मुस्कानलाई कायम राख्दै भन्न लागिन " त्यतिन्जेल मुटुलाई सम्हालेर राख । अनि बिल चाहिँ मीठो डिनर खुवाएर पे गर्नु है। आफ्नो केयर गर । बाइ !! भनेर उनी त्याहाँबाट विदा भइन्।  

त्यो मन्द मुस्कान सहित विदा भएको उनको मुस्कानले मीठो आभाष दिइरहयो। म  पनि मेरो साथी भए ठाउँमा जानु थियो। त्याहाँ बसेको नि धेरै समय भइसकेको थियो। आजको बिहानीको सुरुवात अविश्वसनीय तवरले सुरुवात भएको थियो। आनायसै मन बेचयन जस्तै भइरहेको थियो। बेग्लै उत्साह अनि उमँग मनभित्र छाएको थियो। शनिबार सम्म कुर्ने साहास कति पनि थिएन। फुरुङ्ग मन, धड्कन छोडेको मुटु फेरी धडकन थाल्दै थियो अनि बिर्सिएको नाम एकपटक फेरी मानसपटलमा छाउन थाल्दै थियो। नयाँ उत्साह , नयाँ उमङ्ग , ओठमा मुस्कान सहित साथी भएको वार्डतर्फ लागेँ।

"निश्चल " प्रेम


How was the story friends feel free to post your feedback in the comments box below. If you like it Please do share as well.

Thank You


No comments

Enjoy the Cheap Mountain Flights

Enjoy the Cheap Mountain Flights
Get Mesmerized with the beauty of Himalayas
Powered by Blogger.