Header Ads

The arranged Love Story

"The arranged Love Story" is a story by Nischal Prem about a girl and a boy who meets a day before their marriage on request of Rishita who is the female lead character in this story who expresses her unwillingness for the marriage to Sirish. 


"हेलो!! तपाई सिरिस बोल्नुभएको हो?? तपाईसँग एउटा जरुरी कुरा गर्नु थियो। के तपाई आज मलाई भेटन सक्नुहुन्छ??" फोनको अर्को पट्टिको त्यो सुमधुर आवाज सिरिसले चिन्न सकेन, यद्यपि उसलाई चिन्ने त्यो आवाज सुनेर ऊ आश्चर्यचकित पर्यो। "सुन्नुन, हजुरलाई त मैले चिनिन नि" सिरिसले मसिनो आवाजमा जवाफ दियो। एकछिनपछि उताबाट जवाफ आयो, "म रिसिता बोलेकी, चिन्नु भएन र??" त्यो नामले सिरिसलाई एकछिन त अकमक्कै बनायो। आफ्नो असहजतालाई तोड्दै उसले प्रश्न गर्यो। "के काम थियो होला हजुरको मसँग??" । उसको प्रश्नको प्रतिउत्तरमा रिसिताले, " हजुरलाई भेटेर नै भन्छु नि। वसन्तपुरको हिमालय जाभामा ५ बजे आइपुग्नु ल"। यति भनेर रेसिताले फोन काटिन्।

the+arranged+love+story+nischal+prem

रिसिताको त्यो अनपेक्षित फोन कलले सिरिसको मनमा अनेकौं कौतुहलता जगायो। प्राय जसो आफ्नो काममा व्यस्त रहने उसले, भोलि उसको बिहे रहेको कुरा झन्डै बिर्सिसकेकोरहेछ।अति आवश्यक डकुमेन्टहरुको काम सक्नुपर्ने भएकोले आजपनि ऊ अफिस आएको थियो। रिसितासँगको उसको विवाहको प्रस्ताव एकजाना नजिकको नातेदारले ल्याएका थिए। प्राय कामको चाप अनि त्यही अनुसारको व्यस्तताले, सिरिसलाई घरबाट विवाहको दबाब आउन थालेको थियो। धेरै पछिको टराइपछि, घरपरिवारका सदस्य सामु ऊ न्यायहारेर विवाहको लागि तयार भएका थिए र त्यही अनुसार रिसिताको फोटो हेरेको भरमा विवाहको लागि सहमति जनाएका थिए। रिसिता अइ.टि विषयमा स्नातकोत्तर उत्तीर्ण थिइन्। परिवारको सदस्यहरू र ति नातेदारले दिएको जानकारी अनुसार उसलाई यति नै थाहा थियो। उनको बुबा निजामति सेवाबाट अवकाश प्राप्त सँगै आमा नि प्राध्यापनमा सँलग्न हुनुहुन्थ्यो। अन्तिम घडीमा तय भएको त्यो विवाहको साहितलाई लिएर घरपरिवारका अरु सदस्यहरू चाँजोपाँजो मिलाउन व्यस्त थिए। भोलिको विवाह छ र आज हुन लागेको त्यो रिसितासँगको अप्रत्यासित भेटले उसको मनमा अनेकौं कुराहरु खेल्न थालेको थियो।




The arranged Love Story 


बेलुकीपखको सवारी चापलाई छिचोल्दै, सिरिस ५ बजे हिमालयन जाभा पुग्यो। हिमालयन जाभा अङ्ग्रेजीमा लेखिएको नियोन लाइट पिलिक्क-पिलिक्क बलिरहेको थियो। चिल्लो र सुकिलो भुइँमा टेक्दा नि दाग नै लाग्ला झैं सफा राखिएको थियो। एकै लहरमा मिलाएर राखिएका टेबल र कुर्सीहरुमा पर्यटक साथै केही नेपालीहरु बसिरहेका थिए। साथै कुना तर्फ एल सेपमा सोफाहरु नि राखिएको थियो। साथै विभिन्न सझावटले त्याहाँको वातवरण आकर्षक थियो। सबै आफ्नै धुनमा मग्न थिए। चारैतिर नजर डुलाएपछि सिरिसको नजर कुनामा रहेकी एक युवतीमा गएर अड्किन्छ। आफ्नो मोबाइलमा मग्न रहेकी युवती रिसिता रहेको ठम्याइ पछि सिरिस त्यो कुनातर्फ अघि बढ्छ।



"Sorry! अलि ढिला भयो, धेरै बेर त कुर्नु भएन नि??" छेउमा रहेको सोफामा आफ्नो ब्याग राखी आफू नि ब्याग छेउमा बस्यो। "नाइ, म पनि एकछिन अघि मात्रै आएको हो" मुस्कान सहित रिसिताले जवाफ दिइन्। उनको मुस्कान कति मीठो, उनी मुस्काउँदा, उसको मिलेको दन्त लहर त्यो गुलाबी ओठ बीच कति सुहाएको। यही सोचमा हराएको सिरिस एक टकले रिसिता तिर हेरी रहेको रहेछ। जब त्यो उसलाई महसुस भित्र-भित्रै धिकार्न लाग्यो। यस्तो फस्ट इम्प्रेसन राख्ने उसको कदापि मनासय थिएन। 
रिसिताले के सोचि होली? यो सम्झेर झन् आफूले- आफूलाई अझ धिकार्न थाल्यो।

आफ्नो सोचलई विराम लगाउँदै अघि रहेको मेनु हेर्न थाल्यो। केहीबेर मेनु हेरेपछि अलि पर उभिएको वेटरलाई आवज दिइ बोलायो। "तपाईं के लिनुहुन्छ??" रिसितातिर फर्केर उसले प्रश्न गर्यो। रिसिताले नि छेउमा रहेको मेनु हेरेर' "मलाई एउटा क्यापाचिनो ल्याइदिनु है।" भनेर मेनु छेउमा राखिन्। सिरिसले नि आफ्नो लागि नि त्यही ल्याइदिनु भन्यो। त्यसपछि त्यो वेटर त्याहाँबाट गयो। वेटर त्याहाँबाट गएपछि त्याहाँ सन्नाटा छायो। सिरिस आफ्ना मनमा खेलेका कुराहरु रोक्न सकेको थिएन। पृष्ठभूमीमा कुनै इन्स्ट्रुमेन्टल ट्रयाक मधुर रुपमा गुन्जिरहेको थियो। सबैजाना सङ्गीतको धुनमा मग्न हुँदै, कफीको चुस्कीमा रमाइरहेका थिए। बेला बखत नजर चोरेर रिसितालाई हेर्ने गर्थ्यो जो अझै उसको उपस्थितिको अनविज्ञ झैँ मोबाइलामा नै मग्न थिइन्।
सिरिसको मनमा अनेकौं कुरा खेल्न लागे। कतै उनी यो विवाहसँग असन्तुष्ट थिइन् र त्यही जानकारी गराउन बोलाएकी थिइन्। या उनको जीवनमा अरू कोही रहेको जानकारी गराई विवाह गर्न असमर्थ रहेको जनाउन लागेको पो थिइन् कि। यस्तै सोचमा डुबेको ऊ वेटरले उनीहरुको अर्डर टेबलमा राखेर गएसँगै पुनः रिसिता तर्फ हेर्यो। रिसिताले मोबाइल टेबलमा राखिन्। कफी को कप हातमा लिइन र एक चुस्की कफी लिइन अनि पुन सअसरमा कफीको कप राखिन्। यो सबै गतिविधि नियालिरहेको सिरिसले, उनको हाउभाउ नियाल्दा रिसिताले केही भन्न लागेको झैँ भाव बुझ्यो।

त्यसपछि रिसिता बोलिन्, " तपाई केटाहरुलाई कति सजिलो छ है? कोही केटीलाई फोटो हेरेको भरमा विवाहको लागि मन्जुर भयो, अरू केही बुझ्न पर्दैन है??" कफी पिउनलाई कप उठाएको सिरिसको हात बीचमा गएर रोकिए। एक त, उसले रिसिताबाट कुनै प्रश्न तत्कालको लागि अपेक्षा गरेको थिएन । झन् यो प्रश्न जुन आरोप मिश्रित थियो त्यसको प्रतिक्रिया कसरी दिने उसले ठम्याउन सकेको थिएन।


2captcha


त्यही पनि सँयमित तरिकाले कप टेबलमा राख्यो। सिरिसको त्यो प्रतिक्रियालाई रिसिताले नियालिरहेकी थिइन्। रिसिताले थपिन्, "तर केटीहरुलाई त त्यस्तो हुन्न नि। नयाँ घर, नयाँ परिवार, नयाँ परिवेश, नौलो व्यक्ति; जोसँग उसले सारा जीवन व्यतीत गर्नुपर्ने हुन्छ्। ल भन्नुहोस् सजिलो छ त केटीहरूलाई??" रिसिताको यो प्रश्न गराईमा उसको असहमति प्रष्टै झल्किन्थ्यो। रिसिताको यो प्रश्न गराई भर, सिरिस केबल उसलाई नियालिरहेको थियो। केहि बेर अघि अलि आवेगमा देखिएको उनी शान्त मुद्रामा देखिन्थिइन्, ठूलो आँधी पछि को शान्त समुन्द्र झैँ।

"तपाईलाई पहिलो चोटी फोटोमा देखेँ। राम्री लाग्यो हजुर मलाई। अनि फेसबुकमा तपाईंको प्रोफाइल सर्च गरेँ। तपाईको प्रोफाइल हेरेर हाम्रा धेरै समानता रहेको थाहा पाएँ। हाम्रो सोच, विचार, हबिजहरुमा धेरै समानता भएको महसुस गरेँ। त्यस पश्चात तपाइँ झन् राम्रो लाग्यो। एक प्रकारले गद गद थिएँ। उत्साहित पनि। जीवनले सार्थकता पाइरहेको अनुभव हुन थालेथ्यो। मन मनै तपाईलाई मन पराउन थालिसकेको रहेछु साथै धेरै भाग्यमानी नि महसुस गर्न थालेको थिएँ। जीवनले नयाँ मोड लिँदै थियो अनि त्यसलाई लिएर एकदम उत्साहित थिएँ। जीवनको व्यस्तताले माया-प्रेमको आभास भुलिसकेको थिएँ। तपाईलाई देखेर कतै हराएका ती भावनाहरू फेरी जागृत भएका थिए। " यी सबै भनिरहँदा रिसिता नि सिरिसलाई नियालिरहेको भान सिरिसलाई भयो। केही समय पश्चात उसले थप्यो, " तपाईलाई बिहे गर्न मन छैन भने त , अहिले पनि केही बिग्रिएको त केही पनि छैन नि होइन??" यति भनेर कफी पिउन तर्फ लाग्यो। कफी सेलाएर हो या उसको मनमा छाएको त्यो खल्लो पनले हो, कफीले त्यो पहिलेको मिठास गुमाइसकेको थियो। 

यत्तिकैमा १०बज्न लागेको र क्याफे बन्द गर्नुपर्ने जानकारी आयो। बिल पे गरेर उनीहरु त्यस क्याफेबाट बाहिर निस्के।

विस्तारै पसलहरु बन्द हुने क्रममा थिए। दिनभरको व्यस्तताले थकित वसन्तपुर सुस्तरी निदाउने तरखरमा थियो। सोलार जडित लाइटहरुले मधुर प्रकाश छरिरहेको थियो। भोलिको बिहे छ र ऊ आज वसन्तपुरमा बसिरहेका थियो त्यो व्यक्तिसँग जससँग उसको बिहे हुँदै थियो र, बिहे गर्न अनिच्छुक जस्तो भाव राख्दै थिइन्। यो सबै सम्झिँदा उसलाई खुद विश्वास लागेको थिएन। हिँड्दा हिँड्दै उनीहरु अगाडि एउटा बेन्च आयो। रिसिता गएर बसिन्। सिरिस पनि गएर उसको छेउमा बस्यो। "तपाईलाई थाहा छ??, मलाई वसन्तपुर रातको समयमा एकचोटी आउने ठूलो रहर थियो नि। दिउँसो भिड-भाडमा हराउने वसन्तपुर रातमा कस्तो देखिन्छ भनेर हेर्ने ठूलो रहर थियो।" यति भनेर उनी चारैतिर नजर डुलाउन थालिन्। सिरिस पहिले त उनको त्यो जवाफलाई वचपना सम्झिरहेको थियो। चौतर्फी नजर डुलाइरहेकी रिसितालाई हेर्यो जो त्यस वातावरणको भरपुर आनन्द लिइरहेकी थिइन्। हुन पनि रातको समयमा वसन्तपुरको त्यो वातावरण निकै फरक थियो। टाढा कतै कुकुर भुकेको आवाज बाहेक अरु आवज सून्य थियो। मानिसको आगमन यदा कदा बाहेक देख्न छोडिसकेको थियो। केही समय पश्चात रिसिता बोलिन्, "मलाई अहिले नै बिहे गर्नु छैन के, जीवनमा अरू धेरै कुरा गर्नु छ झैँ लाग्छ, जीवनको यति ठूलो जिम्मेवारी वहन गर्न म मानसिक रूपमा तयार नै भएको छैन। घरमा मान्नु हुन्न झैँ लाग्छ त्यही भएर खुलेर विरोध पनि गरिन। मलाई त भोलिको विवाह रोक्नु छ। यसो गरम न तपाई र म कतै भागम  न  बरू, त्यसो भए बिहे नि हुँदैन। " यी सबै भनिरहँदा पहिले छाएको रिसिताको निराश मुहारमा केही रङ्ग आएको थियो। रिसिताको कुराहरू ध्यानपूर्वक सुनिरहेको सिरिसको उनले भनेकोअन्तिम वाक्यांशले मनमनै हाँस्यो। यी सबै भनिरहँदा उनको मुहारमा छाएको त्यो चमकमा उनी झन् खुलेकी थिइन्। रिसिताको मुहार नियालिरहेको सिरिसले ठट्यौली शैलीमा यस्तो प्रस्ताव राख्यो। "यसो गरम न त, हामी पहिले भोलि बिहे गरम अनि त्यसपछि कतै भागम न त, आखिर भाग्ने तपाई र म नै त हो नि होइन र??" यति भनेर सिरिस हाँस्न लाग्यो। केही बेरको हँसाइ पश्चात ऊ रिसिता तर्फ फर्क्यो जो उसलाई खाउँला झैँ गरी हेरीरहेकी थिइन्।
the+arranged+love+story+nsichal+prem+stories



यत्तिकैमा रिसिताको मोबाइलमा फोन आयो, घरबाट आएको जानकारी गराइन्। उनले कल रिसिभ गरिनन्। लगत्तै सिरिसको मोबाइलमा नि फोन आयो। रिसिताले फोन नउठाउन आग्रह गरिन्। सिरिसलाई अचम्म लाग्यो, साथै रिसिताको आग्रह नकार्न पनि सकेन। रातको ११ बजि सकेको थियो। रिसिता घर जाने नाम लिइरहेकी थिइन्। "तपाईलाई बिहे गर्न मन छैन भने चिन्ता नगर्नुहोस्। म केही बाहाना बनाउँछु नि घरमा। मलाई सजिलो हुन्छ तपाईलाई भन्दा। म बिहे गर्न सजिलै राजि पनि त भएको थिइन नि।" हिँड्नुहोस् तपाईलाई घर छोडिदिन्छु। रात धेरै भइसक्यो।"अझै पनि उनी बेन्चबाट उठ्न मानिन्। "सबैको जीवनमा घर-परिवार सधैँ प्राथमिकतामा हुने गर्दछ। तर आफ्नो खुसी आहुति दिएर गाँसिने सम्बन्ध कति दिगो होला र?? चिन्ता नगर्नुहोस् म घरमा कुरा गर्छु, मेरो विश्वास गर्नु हुन्न र?" रिसिता आश्वास्त भएको भान सिरिसलाई पर्यो। उनी आफ्नो ब्याग बोकेर बेन्चबाट उठिन् र दुवैजाना सिरिसको बाइक पार्क गरेको ठाउँतर्फ लागे।


रिसिताहरु मैतीदेवीमा बस्थे। उनीहरुको घर मैतीदेवी चोकबाट २ मिनेटको दुरीमा रहेछ। उनको घरको गेट नपुग्दै केही मानिसहरू बाहिर आए। रिसिता बाइकबाट ओर्लिइन् र भन्न लागिन, " हेर्नुन ड्याडी , उहाँले एकछिन भेटन बोलाउनु भएथ्यो। भेटेर आइहाल्छु सोचेको थिएँ। बाटोमा बाइक बिग्रेर, बनाएर लिएर आउँदाआउँदै 
ढिला ‌‌भयो।" रिसिता आमाको हात समाएर, तपाई सँग केही गर्नु छ भन्दै भित्र गइन्। रिसिताको त्यो झूटो कुरा सुनेर सिरिस अचम्मित भयो। गेटमा उनको बुबा र अरु केही मान्छेहरु उभिएका थिए। आफूलाई त्यस्तो अफ्ठ्यारो स्थितिमा छोडिदिएको भन्दा नि, त्याहाँबाट कसरी निस्कने कुराले सताएको थियो। घर मज्जाले झिलिमिली बत्तीले सजाइएको थियो। साथै घरमा निकै चहल-पहल थियो। घरबाट नजर हटाएर, रिसिताको बुबा तर्फ हेर्यो जो उसलाई रिसाएको भावमा हेरिरहेका थिए। उसले त्याहाँ बसिरहन उचित लागेन। "अङक्ल, घरमा सबैजन कुरीरहनु भएको होला। म नि गएँ है।" भन्दै सबैलाई नमस्कार गरेर बाइक घुमाएर त्याहाँबाट निस्क्यो।


रिसिताको घरबाट निस्किँदा सिरिसलाई यति राहत महसुस भयो कि सायद जीवनभर कहिले महसुस भएको थिएन। तत्कालको लागि समस्या मुक्त भएता पनि पूर्ण रुपमा मुक्त नभएको आभास आफ्नो घर नेर पुग्दा भयो। बिहान घरबाट निस्किँदा र ऊ फर्कँदा आफ्नो घर परिवर्तन भएको थियो। झकी झकाउ भएको उसको घरमा पाहुनाहरु को आवगमन भएको उसले गेटसम्म गुन्जिएको हाँसोले प्रष्टै बताइरहेको थियो। यधपी गेटमा उसलाई स्वागत गर्न केवल उसको आमा मात्रै थिइन्। जून आश्चर्य को कुरो थियो। सबै जाना भित्रको माहोलमै रमाइरहेको थिए। बाइक रोके पशचात, हेलमेट मात्र के फुकालेको थिए, उसको आमा ऊ भए तिर आईन। "के चालामाला हो तेरो?" अलि कडा मिजासमा भनिन्। " ए, साथीहरुले आज एकछिन बसम् न भनेर भन्दै थिए। त्यही भएर ढिला भयो।" सिरिसले जवाफ दियो। "ए, अनि के रिसितालाई नि साथमै लिएर गएथिइस?" सिरिस, त्यो प्रश्नले अक्क न बक्क भयो। उसलाई लाग्यो अब केही सीप् लाग्ने छैन भनेर र केबल एक फिक्का हाँसो हाँस्यो। उसको आमाको मुहारमो खुसी ल्यायो र कुन आमा-बुबा खुसी नरहलान् र आफ्नो सन्तानको जीवनको महत्वपूर्ण क्षणमा।


E-money exchange


"खानां खाइस् त??" उसको आमाले प्रश्न गरिन्। भोक भन्दा नि अर्कै कुराले उसलाई पिरोलिरहेको थियो। उसले साहास गरेर भन्ने विचार गर्यो। " आमा, तपाईलाई एउटा 
कुरा भन्नुथियो"। "तेरो‌ कुरा खाना‌खाँदै‌ भन, जा हात मुख‌ धोएर,‌‌‌‌‌‌‌‌चेन्ज गरेर आइज, म खाना‌ पस्किँदै गर्छु भनेर" उसको आमा नि भित्र पस्नुभयो।

सिरिस आफ्नो‌ कोठामा पुग्यो‌‌ ब्याग‌ राख्यो र‌ खाटमा पल्टियो। जीवन‌मा यस्तो दोधारमा ऊ कहिले‌ फसेको थिएन। एकतर्फ घरपरिवार थिए, जो विवाहको लागि उत्साहित थिए। खुसी उहाँहरुको मुहारमा प्रष्ट झल्किन्थ्यो। अर्को तर्फ थिइन् रिसिता जो विवाहलाई लिएर खुसी देखिदैन थिइ र उसलाई ‌‌‌‌‌‌‌घरमा कुरा‌ गर्ने आश्वास्त पारेर आएको थियो। एक‌ असन्तुष्ट जीवन सँगीनीसँग जीवन नि कसरी कट्थयो र।‌‌‌‌ रिसितालाई गुमाउनु उसलाई असह्य थियो। यधपी गएर‌ आमासँग कुरा गर्ने निर्णय लियो किनकी दुई जानाको जीवन जोडिएको थियो। ऊ खाटबाट उठ्यो, लुगा ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌चेन्ज गरेर तल जान लागेको‌ थियो, खाटमा रहेको ‌‌‌‌‌‌‌उसको मोबाइलमा मेसेज आएको टोन‌‌ आयो। मेसेज‌ रिसिताले गरेकी रहिछन्।

"Hi, घर सकुशल पुग्नु भयो‌ नि, अघि को लागि very very Sorry. अरु केही बाहाना पाइन। मेरो एउटा चाहाना थियो, हुनेवाला लाइफ पार्टनर सँग केही यादगर मेमोरी होस भनेर, साथै त्यति नै आत्तिएको थिएँ। जीवनको यो महत्वपूर्ण निर्णय लिने साहस आइरहेको थिएन। तपाईलाई भेटें, जीवनको महत्वपूर्ण निर्णय लिने आधार बन्यो। आजको यादगार क्षण‌ जीवन भरी भुल्ने छैन। तसर्थ तपाइँले राख्नुभएको‌ प्रस्ताव स्वीकार्दै तपाईसँग बिहे‌ गरेर भाग्ने निर्णयमा‌ पुगेकी छु। "😉🙃
        
                                                                                                                                                             - Rishita


How was the story friends? Please leave your feedback in the comment section below. If you like the story please share it with your friends as well. Thank you very much.

Also, read ,  अन्तिम आश - a story by "Nischal Prem"





2 comments:

  1. Ritisha ko text❣️
    That last line just made my evening ❣️
    Kasto ramro laagyo..
    Keep writing ❣️❣️❣️

    ReplyDelete
  2. Thank you so much, you have always been a motivator. :)

    ReplyDelete

Enjoy the Cheap Mountain Flights

Enjoy the Cheap Mountain Flights
Get Mesmerized with the beauty of Himalayas
Powered by Blogger.