Top Post Ad

Aaja Pheri Tyo Chari


This poem was written by somewhat 2 years back. Going through some old files i came across this poem. The theme of the poem was the expression of a lover who is far away from her partner and is waiting for her. How did is the poem frens ?? Feedback and comments welcomed.


nepali+poem+prem+kumar+shrestha

 आज फेरी त्यो चरी आकाश चुम्ने अठोट गर्छे


आज फेरी त्यो चरी आकाश चुम्ने अठोट गर्छे
अनगिन्ती प्रयाससँगै हौसलालाई कायम राख्छे।
धेरै दिन भयो आफ्नो प्रेमीको खबर नपाएको
एकोहोरो टोलाइ रही छ्यितिज पारी हेरिरहन्छे।

बादलपारी देशमा, मन कतै उसको बदल्यो कि
अविरल माया गर्ने, मुटु त्यो कसैले चोर्यो कि
चाँडै फर्की आउँछु भनी वाचा बन्धन गरेथ्यो
दिन बित्यो, रात बित्यो, सम्झाना मनमा रही रहयो।


साथी सँगी हाँसखेल गर्छन, मनमा उसको शान्ति छैन
सन्चै छु भनेर भन्ने गर्छे तर मन बुझाउने आधार छैन
कोमल त्यो पङख फेलाई, अपरिचित गन्तव्यमा बढी रैछे
सुखःदुख जीवनका नाता सम्झी पाइला अघि बढाइ रैछे।

निष्ठुरी त्यो दैवले कतै उसलाई चोरी लग्यो कि
समयको छालसँगै मलाई कतै भुली गयो कि
सम्झानाका छालहरूले अनायसै पोलिरहन्छ
चाँडै फर्की आउ भनी वेदनाको गीत गाइरहन्छ।

आज फेरी त्यो चरी आकाश चुम्ने अठोट गर्छे

                                                           - "निश्चल" प्रेम



Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.