Dherai Din Pachi Timi Yaad Ayou
समय यस्तो चिज हो जो कसैको अधिनमा रहदैँन। यसको महिमा बुझेर जीवन अघि बडाएमा, जीवन सहज रुपमा अघि बढ्नेछ। यी कुराहरूलाई समेटी केही भावना अभिव्यक्त गरेको छु। जुन यस प्रकारको रहेको छ:
धेरै दिनपछि तिमी याद आयौ
बिछोडका पलहरू साथ लिइ आयौ
समयको गतिसँगै तिमीलाई भुल्न गारो भयो
जति भुल्न खोजेँ तिमीलाई माया झन् गाडा भयो
अतितका ती मीठा पललाई ताजा बनाइ गयौ
सुख मेरा सबै लिइ दुःख छाडी गयौ
धेरै दिनपछि तिमी याद आयौ
बिछोडका पलहरू साथ लिइ आयौ
चोखो माया तिमी मलाई दिन्छु है भन्थ्यौ
मीठा मीठा सपनाको सँसारमा साथ लिइ जान्थ्यौ
आज मेरा सपनाहरू हिउँ झै पग्लिए
तिम्रो माया मेरो लागि पानी सरी रितिए
धेरै दिनपछि तिमी याद आयौ
बिछोडका पलहरू साथ लिइ आयौ
जीवनको यो लामो यात्रा आज एक्लै हिँडिरहेछु
गन्तव्मा पुग्न यी पाइला अघि लम्काइरहेछु
जिन्दगीको यो लामो यात्रामा सहयात्री साथ रहेन
लामो समय पश्चात उदाएको आशाकको किरण रहेन
धेरै दिनपछि तिमी याद आयौ
बिछोडका पलहरू साथ लिइ आयौ
- " निशचल " प्रेम
संयमताकाे साथ पढिदिनु भएकोमा याहाँहरू प्रति आभार प्रकट गर्दछु। कस्तो लाग्यो याहाँहरुलाई तलको कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया, सल्लाह सुझाब राखि मार्गनिर्देशन गरिदिनुहोला।
No comments